३१ वर्षमा तीन पटक फुटेको एमालेको कथा

३१ वर्षमा तीन पटक फुटेको एमालेको कथा


नेकपा (माले) र नेकपा (माक्सवादी) मिलेर बनेको नेकपा (एमाले) स्थापनाको ३१ वर्षमा तीनपटक फुटेको छ।

२०४७ चैतमा एमाले बनेयता २०५४ फागुन २१ मा नेता वामदेव गौतम नेतृत्वमा, २०६९ मंसिर ७ गते उपाध्यक्ष अशोक राई नेतृत्वमा र २०७८ भदौ २ मा वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा एमाले फुट्यो।

पार्टी फुटाएर नेकपा (माले) गठन गरेकामध्येका गौतम २०५८ मा आएपछि हाल एमालेमै छन्। उनी नेपालले गठन गरेको नेकपा (समाजवादी)मा जाने चर्चा छ। जता शक्ति उता नै रहने राजनीतिक प्रवृत्ति उनमा छ। त्यही भएर नेपालसँग जानेमा शंका छ।

यसरी स्थापनाको ३१ वर्षमा तीनपटक पार्टी फुट्नुको कारण भने फरक देखिन्छ। प्राध्यापक कृष्ण पोखरेल नेता नेपाल विभाजित भएर जानुको मुख्यतः एउटा कारण रहेको बताउँछन्। त्यो हो– पार्टी अध्यक्ष केपी ओलीमा देखिएको स्वेच्छाचारिता र उनीसँग नेपालको कार्यशैलीगत मतभेद।

उनका अनुसार कम्युनिस्ट पार्टी विभाजनको प्रवृत्तिगत मुख्य कारण नै कार्यशैलीगत मतभेद हो। जो हालै पनि पुष्टि भयो। वैचारिक मतभेदका कारण विभाजन भने कम्युनिस्ट पार्टी स्थापनाको ७२ औं वर्ष हुँदा निक्कै कम घटना भएको छ।

अध्यक्ष ओलीसँग नेता नेपालको मतभेद एमाले र माओवादी एकतापछि बनेको नेकपा हुँदादेखिको हो। परिणामतः सर्वोच्च अदालतको फैसलापछि एमाले बनेको साढे पाँच महिनामा पार्टी विभाजन भयो।

यससँगै ओली–नेपालको साढे चार दशक लामो राजनीतिक सहयात्रामा विराम लागेको छ।

नेपालअघि तत्कालीन उपाध्यक्ष अशोक राई नेतृत्वमा एमाले फुट्यो। कारण–पहिचान, संघीयता र धर्मनिरपेक्षताको सवाल थियो। त्यसबेला झलनाथ खनाल नेतृत्वको एमाले यी राजनीतिक उपलब्धिको विपक्षमा उभिएको आरोप राई समूहको थियो।

र, अन्नतः राई नेतृत्वमा ‘संघीय समाजवादी पार्टी, नेपाल’ बन्यो। जहाँ एमालेभित्रका मुख्यतः पहिचान, संघीयता र धर्मनिरपेक्षताप्रति प्रतिबद्ध भनिएका आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायका नेताहरूको एउटा समूह आबद्ध भयो।

नेपालअघि तत्कालीन उपाध्यक्ष अशोक राई नेतृत्वमा एमाले फुट्यो। कारण–पहिचान, संघीयता र धर्मनिरपेक्षताको सवाल थियो। त्यसबेला झलनाथ खनाल नेतृत्वको एमाले यी राजनीतिक उपलब्धिको विपक्षमा उभिएको आरोप राई समूहको थियो।

राईको नेतृत्वमा एमाले फुट्नुअघि नेता गौतमले पार्टी फुटाएका हुन्। कारण– ‘महाकाली सन्धी’।

गौतम समूहले सन्धीलाई राष्ट्रघाती भन्यो। तर, तत्कालीन अध्यक्ष मनमोहन अधिकारीदेखि हालका अध्यक्ष केपी ओलीलगायत सन्धीको पक्षमा उभिए। यद्यपि, उनीहरूले ‘राष्ट्रवादी’ त भनेनन्। बरु, सन्धी नेपालको पक्षमा रहेको जिकिर गरिरहे।

यसरी महाकाली सन्धी राष्ट्रघाती कदम भन्दै गौतम नेतृत्वमा नेकपा (माले) बन्यो। सोहीकारण, २०५६ मा भएको आम निर्वाचनमा एमाले दोस्रो बन्न पुग्यो।

जबकि, २०५१ मा मध्यावधि निर्वाचनमा ठूलो पार्टी बन्दै पहिलो कम्युनिस्ट सरकार एमालेले गठन गरेको थियो।

२०३५ अघिसम्म चर्को मतभेदले कम्युनिस्ट पार्टी थिलथिलो

नेपाली कम्युनिस्टहरू पार्टी गठन गरेर संगठित भएको २००६ वैशाख १० गते हो। एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरे।

जतिबेला पुष्पलाल महासचिव बने। अन्य सदस्य बने। राजनीतिक विश्लेषक सुरेन्द्र केसीको ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ मा उल्लेख भएअनुसार त्यसबेला पार्टी स्थापनालाई लिएर भारतमा रहेका अन्य नेपाली क्रान्तिकारी विद्यार्थीहरूले गुप्त ढंगले पुष्पलालले पार्टी स्थापना गरेको भन्दै विरोध गरेका थिए। त्यसरी पार्टी स्थापना नै विवादीत बन्न पुग्यो।

विवादको कारण ‘माक्र्सिस्ट स्टडी सेन्टर’ मा रहेका डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारीलगायतलाई पुष्पलालले समावेश नगर्नु रह्यो।

फलस्वरूप, २०१० माघ १७ मा काठमाडौं र पाटनमा भएको पहिलो महाधिवेशनबाट निर्वाचित महासचिव मनमोहन अधिकारी चिनियाँ कम्युनिस्ट पार्टीको आठौं महाधिवेशनमा जाँदा रायमाझीले पार्टी कब्जा गरेको वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठ सुनाउँछन्।

फेरि, मनमोहन उतै विरामी परे र उपचारमा रहे। त्यसपछि यता कम्युनिस्ट पार्टीमा भने पार्टी कब्जा गरेका केशरजंग र पुष्पलाल पक्षबीच स्पष्ट रूपमा दुई लाइन संघर्ष सुरु भयो। 

यिनै नेताद्वयलाई कम्युनिस्ट पार्टीमा दुई लाइन शक्ति संघर्षको सुरुवातकर्ता भनेर अफजस पनि जाने गरेको छ। यसरी स्थापनाकालमा विवाद हुँदै पहिलो महाधिवेशनपछि त अझ गुट र दुई लाइन अन्तरसंघर्ष हुन थालेको दृष्टान्त रहेको प्राध्यापक पोखरेल बताउँछन्।

यस्तो अवस्थाबीच २०१४ जेठ १५–२५ सम्म काठमाडौंमा दोस्रो महाधिवेशन भयो। राजनीतिक प्रतिवेदन महाधिवेशनबाट पुष्पलालको पास भयो तर नेतृत्वमा केशरजंग नै आए।

अन्ततः केशरजंगले महाधिवेशनबाट पारित पुष्पलालका कार्यक्रमहरू अस्वीकृत त गरे नै दुई वर्षमा गर्नुपर्ने महाधिवेशन ६ वर्षमा गरे।

अनि, २०१७ पुस १ गते राजा महेन्द्रले चालेको जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारलाई अपदस्त गर्दा पनि पुष्पलाल र केशरजंगबीच मतभेद भयो।

राजाको कदमप्रति दुई नेताको राजनीतिक दृष्टिकोण समान भएन। पुष्पलालले राजाको कदमलाई ‘सैनिक आतंक’ भन्दा केशरजंगले भने ‘प्रगतिशील’ भनेका थिए।  

महेन्द्रको प्रत्यक्ष शासन सुरु भएकै बेला २०१७ फागुनमा भारतको दरभंगमा भएको पार्टीको विस्तारित बैठकमा त केशरजंग संसदीय व्यवस्था स्थापनाको विपक्षमा उभिए। त्यसैले उनलाई पुष्पलाल पक्षले ‘दक्षिणपन्थी अवसरवादी’ को संज्ञा दियो।

जतिबेला पुष्पलाल संसद् पुनःस्थापना र संयुक्त जनआन्दोलनको पक्षमा उभिएका थिए। अर्का नेता मोहनविक्रम सिंहले संविधान सभाको चुनाव हुनुपर्ने बताए। सिंहको यो राजनीतिक कार्यदिशा बहुमतले पारित भयो। त्यसपछि केशरजंग र पुष्पलालबीच झन् मतभेद चुलिएको प्राध्यापक पोखरेलले बताए।

र, कम्युनिस्ट पार्टी बाह्य भन्दा पनि आन्तरिक किचलोले थिलथिलो बन्यो। उसैमाथि राजनीतिक प्रतिबन्ध। यही अवस्थामा तेस्रो महाधिवेशन २०१९ वैशाख ४ देखि १९ गतेसम्म भयो। त्यसअघि ‘अन्तरजोन सामञ्जस्य समिति’ गठन २०१८ भदौमा गठन भएको र महाधिवेशनमा अन्तरजोनका सचिव तुलसीलाल अमात्यले राजनीतिक प्रतिवेदन पेस गरेको र उनी नै महासचिव पदमा निर्वाचित भए।

नेपाली कम्युनिस्टहरू पार्टी गठन गरेर संगठित भएको २००६ वैशाख १० गते हो। एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरे।

त्यसबेला पनि पुष्पलाल, तुलसीलाल र मोहनविक्रम सिंहबीच कार्यक्रम भन्दा नारामा विवाद भयो।तुलसीलाल ‘सम्प्रभूता सम्पन्न संसद् स्थापना’, पुष्पलाल ‘विघटित संसदको पुनःस्थापना’ को पक्षमा रहँदा मोहनविक्रम ‘संविधान सभाको निर्वाचन’को पक्षमा थिए।

महाधिवेशनले तुलसीलालकै राजनीतिक प्रतिवेदन पास गर्यो तर पार्टी एकताबद्ध बनाउन भनेर तुलसीलालसँगै पुष्पलालले कार्यालय सञ्चालनको अख्तियार पाए।

यद्यपि, मतभेद चुलियो। लगत्तै तुलसीलालले राजनीतिक प्रतिवेदनमा ‘कुन बाटो?’ लेख्दा पुष्पलालले प्रत्युत्तरमा ‘मूलबाटो’ लेखे। केशरजंग कारबाही परे।

तैपनि, २०२४ मा केशरजंग पक्षले तेस्रो महाधिवेशन गरे र जेलमा रहेका शम्भुराम श्रेष्ठ र मनमोहन अधिकारीलाई पार्टीमा समेटे। अर्कोतिर, आफू पक्षको २०२५ मा तेस्रो सम्मेलन गरेर पुष्पलाल पनि पार्टी महासचिव बने।

विश्लेषक श्रेष्ठका अनुसार जेलबाट छुटेका नेताहरूले एकताबद्ध पार्टी बनाउने भन्दै ‘केन्द्रीय न्युक्लियस’ त गठन गरे तर एकताबद्ध भने हुन सकेन।

मोहनविक्रम पक्षले चाहिँ २०३१ साल भदौ ३० देखि असोज ७ सम्म चौंथो महाधिवेशन गरे। मनमोहन र शम्भुराम पक्षले २०३६ मा नेकपा गठन गरे। त्यसबेला डेढ दर्जनजति कम्युनिस्ट पार्टी बन्न पुगेको एमालेले जनाएको छ।

यसअघि पूर्व कोशी प्रान्तीय कमिटी आबद्ध झापा जिल्ला कमिटीले त नक्सलवादी आन्दोलनसँगै चिनियाँ साँस्कृतिक क्रान्तिको सिको गर्दै ‘वर्गशत्रु खत्तम’ कारबाही थालेको थियो। र, माक्र्सवादी–लेलिनवादी– क्रान्तिकारी धारको विकास त्यसैबेला भएको मानिन्छ। 

एकता शृङ्खला

-२०३२ जेठ २४ र २५ मा झापा र मोरङका क्रान्तिकारीहरू मिलेर ‘अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) स्थापना। 

-कोअर्डिनेसन (माले) २०३४ भदौ १४ मा मुक्तिमोर्चा, २०३५ भदौ २६ मा क्रान्तिकारी कम्युनिस्ट संगठन कमिटी गण्डकी र २०३५ मंसिर २७ मा दाङको सन्देश समूहबीच एकता।

-कोअर्डिनेसन केन्द्र २०३५ पुस ११ मा सम्मेलनपछि ‘नेकपा माले’ बनेको।

-चौंथो महाधिवेशन २०४६ भदौ ९–१४ सिरहामा भएपछि महासचिवमा मदन भण्डारी निर्वाचित भएपछि संयुक्त जनआन्दोलनका लागि संयुक्त वाममोर्चा गठन।

-संयुक्त वाममोर्चामा नेकपा माले, नेकपा माक्सवादी, नेमकिपा, नेकपा (बर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) सम्मिलित।

-नेकपा माले र नेकपा माक्र्सवादीबीच एकता २०४७ चैतमा। त्यसपछि एमाले गठन।

-त्यसपछि नेकपा (अमात्य), नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (बर्मा) र नेमकिपाका नेताहरू एमालेमा प्रवेश। 

Logo