अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा गयाेः राप्रपा अध्यक्ष राणा

अध्यादेशका कारण देश अस्थिरताको भूमरीमा गयाेः राप्रपा अध्यक्ष राणा


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्सेर राणाले अध्यादेश विद्येयकका कारण देश अस्थिरताको भूमरीमा पर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘ओली सरकारले चालिस प्रतिशतको सीमासहित दल विभाजनको विद्येयक ल्याउँदा विरोध गर्ने गठबन्धन सरकार पक्षधरले बीस प्रतिसतको नयाँ प्रवाधान राखेर विद्येयक ल्याएको छ। यस क्रमले देशमा अस्थिर आउने निश्चित छ,’ अध्यक्ष राणाले शुक्रबार भने।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले एक महिना एक हप्ता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै राणाले आलोचना गरे।

‘गत चुनावपछि दुईवटा ठूला दल थिए। कम्युनिष्ट धारको दल तीन टुक्रामा चकनाचुर भएको छ। नेपाली कांग्रेस पनि अबको चार–पाँच महिनामा शासन संचालन गर्न नसक्ने दल भनेर प्रमाणित हुनेछ,’ उनले भने।

‘यस अवस्थामा महाधिवेशनबाट खारिएको राप्रपा राजसंस्था र हिन्दुत्व लगायतको नारा बोकेर जनतामाझ स्थापित हुनेछ। देशको हितका लागि आन्दोलन गर्नेछ,’ राणाले पार्टी केन्द्रीय कार्यालय चावहिलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका सप्तरी जिल्लाका प्रभावशाली नेताहरु र स्वतन्त्र नागरिहरुले सो अवसरमा राप्रपामा प्रवेश गरेका थिए।

२०५४ सालको स्थानीय निर्वाचनमा राजविराज नगरपलिकाको मेयर पदको प्रत्यासी, नेपाली कांग्रेसको महासमिति सदस्य उमेशप्रसाद साहको नेतृत्वमा ५७ जनाले राप्रपाको सदस्यता ग्रहण गरेका छन्।

नवप्रवेशीहरुलाई राप्रपा सचिवालय प्रमुख ध्रुव प्रधानले स्वागत गरे। धार्मिक आस्था र परम्परागत मूल्यमा अडेको राप्रपा नै हालको विकल्प भएको दावी गरे।

नवप्रवेशी उमेशप्रसाद साहले भने, ‘म वीपी कोइराला र गिरिजाप्रसाद कोइरालासँग काम गरेकाे व्यक्ति हुँ। राजनीतिक जीवनमा मैले जेलनेल व्यहोरेको छु। विगत जे भए पनि, वर्तमान परिवेशमा मैले र मेरा साथीहरुले सही राजनीतिक पार्टी रोजेका छौं। राजसंस्था र हिन्दुराष्ट्र नै समयको माग हो ।’

राप्रपा सप्तरी जिल्ला अध्यक्ष उम्देश्वरप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा महासमिति सदस्य तथा नेपाल एयरलाइन्सका पूर्वनिर्देशक र इन्जीनियर राजकुमार चौधरी, सुरेन्द्रकुमार साह, रामबहादुर साफी, मुकेश साफी, हरदेव सोनार, करण साफी, जानकी रजक, प्रभात सहनी, अशोक रजक, भगवान गुप्ता, सिफैत लाल खंग, छट्टुलाल खंग, हरीदेव मण्डल, शिवजी सदा, शंकर साह र लालु दास थिए ।

यसैगरी नेकपा परित्याग गरि राप्रपा प्रवेश गर्नेहरुमा एमालेसम्वद्ध शिक्षक संगठन जिल्ला सदस्य जया कुमारी महतो, काजल महतो, निलमदेवी सदा र राजकुमार सदा छन्। नेकपा माओवादीबाट राप्रपामा आवद्ध हुनेहरुमा जाकिर रजक, अबदल गनी, सुशीला दास, निर्मला सहनी र चन्दु मिश्र थिए।

राप्रपामा प्रवेश गर्ने स्वतन्त्रहरुमा शंकर साह, हरीदेव मण्डल, वालसुन्दर खंग, शत्रुघन प्रसाद गुप्ता, अरविन्द साह, रवी साह, गणेश सहनी, श्रीमती सावित्री देवी, हनुषा देवी साह, वैद्यनाथ यादव (वमवम यादव), कपिलेश्वर मण्डल तथा कुपीरामपूरा मण्डल लगायत थिए।

Logo