प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्चले दिएन ​अन्तरिम आदेश

प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्चले दिएन ​अन्तरिम आदेश


एमाले नेता प्रभु साह र लेखराज भट्टको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

पूर्वमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साह र भट्टले आफूहरू माओवादी केन्द्रकै सांसद रहेको भन्दै कारबाही खारेज गर्न भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

सो रिटमा सर्वोच्चले सुनुवाइ गर्दै उनीहरूको हकमा अन्तरिम आदेश दिनु नपर्ने सुनाएको हो। एमाले अध्यक्ष केपी ओलीले साह र भट्ट पार्टीको केन्द्रीय सदस्य भएको खुलाएकाले दुवैले माओवादी केन्द्रको सांसद रहेको भन्ने दाबीलाई सर्वोच्चले अस्वीकार गरेको हो।न्युज कारखानाबाट

Skip This
Logo