माओवादी प्रवक्ताकाे जिम्मेवारी महरालाई

माओवादी प्रवक्ताकाे जिम्मेवारी महरालाई


नेकपा (माओवादी केन्द्र)ले पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रवक्ताको जिम्मेवारी दिएको छ।

माओवादी स्थायी समिति बैठकपछि अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी परिपत्रमा महरालाई प्रवक्ताको जिम्मेवारी दिएको उल्लेख छ। नारायणकाजी श्रेष्ठले प्रवक्ता छोडेपछि महरालाई जिम्मेवारी दिइएको हो।

यससँगै माओवादी स्थायी समितिले श्रेष्ठलाई प्रवास विभाग प्रमुखको जिम्मेवारी दिएको छ। त्यस्तै, अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ।

Logo