पत्नी राधिकाकाे जन्मदिनमा ओलीकाे त्यो चर्चित नृत्य

पत्नी राधिकाकाे जन्मदिनमा ओलीकाे त्यो चर्चित नृत्य


एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा नाचेकाे भिडियो चर्चित भएको छ ।

ओली नाचेकाे उक्त भिडियो सामाजिक सञ्जालमा चर्चित छ। तर, माधवकुमार नेपालकाे पार्टीले निर्वाचन आयोगबाट पाएकाे पार्टीकाे आधिकारिक मान्यता र केपी ओलीकाे त्यो नाचमा भने कुनै सम्बन्ध छैन।

केपी ओली पत्नी राधिकाको जन्मदिनमा भएको जमघटमा आफैँले लेखेको गीतमा नाचेका हुन् । राधिकाको जन्मदिनको अवसरमा ओली निवासमा बुधवार बेलुकी कार्यकर्ताको जमघट भएको थियो।

कार्यकर्ताले ओलीलाई आफैँले लेखेको गीत ‘म त कति भाग्यमानी' मा नाच्न आग्रह गरेपछि ओलीले नकार्न नसकेर गीतको तालमा केहीबेर छमछम नाचेका हुन्। उक्त नाच अहिले फेसबुकमा चर्चित छ। 

Logo