कांग्रेसमा गगन थापाको ‘ब्याक गियर’!

कांग्रेसमा गगन थापाको ‘ब्याक गियर’!


कांग्रेसको १४ औं सभापति पदमा भटाभट उम्मेदवारी घोषणा भइरहेको छ। घोषणा गरेका केहीले त सम्पर्क कार्यालयसमेत स्थापना गरिसके।

जसले कांग्रेस महाधिवेशनको माहोल तातेको अर्थ्याउँछ। सभापति पदमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालादेखि कल्याणकुमार गुरुङसम्मका नेताहरूले उम्मेदवारी घोषणा गरेका छन्।

जीतका लागि आन्तरिक समीकरण मिलाउनमा पनि उनीहरूको व्यवस्तता छ।

विडम्वना! सभापति पदमा युवा नेताको उम्मेदवारी घोषणा भने गुरुङको मात्रै हो। अन्य नेताहरू सबै ६५ देखि ८० छेउछाउका हुन्।

हुन त अघिपछि सभापति बन्ने भनेका युवा नेताहरू कांग्रेसमा नभएका होइनन्। महाधिवेशन आउनै लाग्दा भने डराए। हिम्मत पुगेन उनीहरूको। जित वा हारको जोखिम मोल्न आँटिला देखिएनन्।

यसको पुष्टि गगनकुमार थापाको सोमबार महामन्त्री पदमा भएको उम्मेदवारी घोषणाले पनि पुष्टि गर्यो। यसअघि सभापति पदमा वर्तमान सभापति देउवा उम्मेदवार बने भने उनी चुनौती दिने भन्थे।

अन्ततः महामन्त्री पदमै उनको उम्मेदवारी घोषणा भयो। फेरि, उनी महामन्त्री पदमा १३ महाधिवेशनमा निर्वाचन लडेका नेता हुन्। पार्टीको महाधिवेशन गत वर्षको फागुन ७ देखि १० गतेसम्म तोकिँदा भने सभापति पदमा उम्मेदवारी दिने उनको भनाइ थियो।

सर्दै आगामी मंसिरमा पुगेपछि उनको उम्मेदवारी महामन्त्री पदमा रह्यो। कांग्रेसमा सभापति पदमा चुनौती दिन सक्ने थापा बाहेकका युवा नेताहरूमा विश्वप्रकाश शर्मालाई पनि हेरिएको हो। हालसम्म कुन पदमा उम्मेदवारी रहन्छ, उनको त घोषणा हुन बाँकी छ।

पार्टीको महाधिवेशन गत वर्षको फागुन ७ देखि १० गतेसम्म तोकिँदा भने सभापति पदमा उम्मेदवारी दिने उनको भनाइ थियो। सर्दै आगामी मंसिरमा पुगेपछि उनको उम्मेदवारी महामन्त्री पदमा रह्यो।

देउवा निकट उनी सभापति त के महामन्त्रीका लागि उम्मेदवार बन्ने अवस्थामा नरहेको चर्चा छ। देउवा पक्षबाट महामन्त्रीका लागि बालकृष्ण खाण अगाडि बढ्ने बताइन्छ।

यस्तो अवस्था भएकोले कुनै एक पदमा रहने सम्झौतामै सभापति पदका लागि उम्मेदवारी नदिन उनकोे स्थिति हो।

अर्का, प्रभावशाली युवा नेता धनराज गुरुङको पनि सभापति पदमा उम्मेदवारी दिन आँट देखिएको छैन। हालसम्म मौन छन्। महामन्त्री पदमा लड्ने गाइयाँगुइगाँ चर्चा भने छ। 

जबकि, २०७४ मा भएको संघीय र प्रदेश निर्वाचनमा पार्टी दोस्रो भएपछि पाका नेताले पार्टी हाँक्न नसकेको कुरा उनको थियो। युवाले कांग्रेस हाँक्नुपर्नेमा जोड थियो। तर, उनी पनि सभापति पदमा लड्ने अवस्थामा देखिएको छैन। पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेता मानिन्छन्।

यी नेताहरूसँगै डा. मिनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे, रामकृष्ण यादव, जीवन परियारको पनि हालत उस्तै छ। उल्लेखित नामका नेताहरू ६५ देदि ८० वर्ष उमेर समूहका नेताहरूसँग सभापति पदमा भिड्न नचाहनु डराउनु हो।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यका अनुसार युवा नेताहरू पार्टी नेतृत्वका लागि लड्न नचाहुनको मूल कारण नेता गगन थापाको यसअघि महामन्त्री पदमा भएको पराजय हो।

थापाको पराजयपछि युवा नेताहरूको सातो गएको उनको टिप्पणी छ। कांग्रेस इतिहासमा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला ३८ वर्षमै सभापति भए। पार्टी संगठनको नेतृत्व गरे। प्रजातन्त्रमा विश्वास राख्ने नेता कार्यकर्तासहित लाखौं जनताको नेता बने।

हाल युवा भनिएका कांग्रेस नेताहरू भने ५० वर्ष वरिपरीका हुन्। यद्यपि, उनीहरूमा सभापति पदमा उम्मेदवारी घोषणा गर्नेसम्मको आँट भएन। जसले कांग्रेसका युवा नेताहरू ‘ट्याउँट्याउँ’ गर्ने मात्रै हुन् भन्ने पुष्टि भएको छ।

Logo