स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको थमौती कि मन्त्रालय परिवर्तन?

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको थमौती कि मन्त्रालय परिवर्तन?


स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हटाउने कि निरन्तरता दिने भन्नेबारे सत्तारुढ गठबन्धन मौन देखिएको छ।

श्रेष्ठलाई हटाउन यसअघि गठबन्धनका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएका थिए।

गठबन्धनको आज बसेको बैठकमा भने श्रेष्ठलाई हटाउनेबारे कुरै नभएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले केन्द्रविन्दुलाई बताए।

‘सानातिना विषयमा बैठक प्रवेश भएन र धेरै समयपछि बसेको बैठक हुनाले सरकारको कामको समीक्षासँगै मन्त्रिपरिषद्लाई विस्तार गर्न मन्त्रालय भागबण्डा छिट्टै टुङ्ग्याउने कुरा भएको छ’, उनले भने, ‘राज्यमन्त्री श्रेष्ठबारे कुरा भएन।’

स्वास्थ्य क्षेत्रका लगानीकर्तासमेत रहेका श्रेष्ठको राज्यमन्त्रीमा नियुक्तिपछि चौतर्फी विरोध भएको थियो।

स्वास्थ्य क्षेत्रका बेथितिविरुद्ध लड्दै आएका डा. गोविन्द केसीले समेत श्रेष्ठलाई हटाउनुपर्ने माग राखेका छन्। नहटाए अनसन बस्ने चेतावनी दिँदै आएका छन्। 

समानुपातिक सांसद श्रेष्ठको राज्यमन्त्रीमा नियुक्तिलाई अप्रत्याशित मानिँदै आएको छ। उनी देउवा निकट हुन्।

Logo