प्रदेश १ र बाग्मतीको सरकार ढल्ने प्रचण्डको दाबी

प्रदेश १ र बाग्मतीको सरकार ढल्ने प्रचण्डको दाबी


सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आफ्नो पार्टीले मधेशमा कब्जा जमाउने दावी गरेका छन्।

सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मधेसमा अरु पार्टीले नभई माओवादीले कब्जा जमाउने र मधेस र देशमा पनि बलियो सन्देश जाने बताए। 

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ–गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे। ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन, तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन, प्रचण्डले भनेका छन्। उनले दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् भन्दै कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

त्यस्तै प्रचण्डले सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए। प्रचण्डले छिट्टै प्रदेश १ र बाग्मतीको सरकार ढल्ने दाबी गरेका छन्। यता सोमबार नै काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगन थापाले भने आसन्न १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

Logo