सत्ता गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दै, मन्त्रालय बाँडफाँटको टुंगो आजै लाग्ने

सत्ता गठबन्धनका शीर्ष नेताबीच बैठक बस्दै, मन्त्रालय बाँडफाँटको टुंगो आजै लाग्ने


सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

'माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,'  उनले भने ।

एमाले  विभाजन पश्चात नेपालले नेकपा एकीकृत  समाजवादी पार्टी गठन गरेका छन् । 'माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,' उनले भने, 'यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।'

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियाे । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए । न्युज कारखानाबाट । 

Skip This
Logo