सिंहदरबारमा स्थापना भयो एकीकृत समाजवादीको संसदीय दलको कार्यालय

सिंहदरबारमा स्थापना भयो एकीकृत समाजवादीको संसदीय दलको कार्यालय


माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई संघीय संसद सचिवालयले कार्यालय उपलब्ध गराएको छ। नेकपा एमालेबाट विभाजित भई हालै नेपालले गठन गरेको नेकपा (एस)लाई संघीय संसद भवन सिंहदरबारमा कार्यालय उपलब्ध गराएको हो।

नेकपा (एस)का सांसद जीवनराम श्रेष्ठकाअनुसार संघीय संसद भवन नम्बर १ को दोस्रो तल्लामा नेपालका लागि अलग्गै कार्यालयको पनि व्यवस्था गरिएको छ। 

पार्टीको चुनाव चिन्ह निक्र्यौल गर्न नसकेको नेकपा (एस)को पार्टी कार्यालय भने अझै पनि टुंगो लागिसकेको छैन। 

नयाँ पार्टीका लागि भवन र जग्गा खोज्दै गरेको नेकपा (एस)का अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।न्युज कारखाना

Skip This
Logo