सशस्त्र द्वन्द्वमा कर्णालीका ९९ नागरिकको अवस्था अझै अज्ञात

सशस्त्र द्वन्द्वमा कर्णालीका ९९ नागरिकको अवस्था अझै अज्ञात


विगतको सशस्त्र द्वन्द्वमा कर्णालीका १० जिल्लाबाट ९९ जना बेपत्ता भएको र उनीहरुको अवस्था अझैअज्ञात छ ।

१ फागुन २०५२ मा माओवादी गरेको  सशस्त्र युद्धमा माओवादी र राज्यतर्फबाट ९९ नागरिक बेपत्ता पारेका थिए । 

इन्सेक कर्णाली प्रदेशको तथ्यांकअनुसार सशस्त्र द्वन्द्वमा सल्यानबाट २८, सुर्खेतका १४, जाजरकोटका २१, दैलेखका एक, डोल्पाका दुई, कालीकोटका २६, मुगुका दुई र जुम्लाका पाँचजना दुवै पक्षबाट बेपत्ता पारिएका छन् । 

कर्णालीका बेपत्ता पारिएका व्यक्तिका परिवारले कर्णाली प्रदेश समक्ष बेपत्ता भएका व्यक्तिको स्थिति जानकारी गराउन माग गरेका छन् ।

सुर्खेतकी शान्ति ढकालका श्रीमान् २७ वैशाख २०५५ मा दैलेखबाट सुर्खेत आउँदै गर्दा बीच बाटोमै बेपत्ता पारिए । श्रीमानकाे न्यायका लागि लड्न थालेको २३ वर्ष पुगिसके पनि अझै न्याय नपाइएको उनले सुनाइन् । 

छानबिन आयोगले अहिलेसम्म बेपत्ता व्यक्तिको अवस्था सार्वजनिक नगरेको भन्दै बेपत्ता परिवारले प्रदेश सरकारमार्फत छानबिन आयोगलाई यथाशीघ्र बेपत्ता भएका व्यक्तिको स्थिति के हो भनेर जानकारी गराउन आग्रह गरेका छन् । न्युज कारखाना

Skip This
Logo