कांग्रेस महाधिवेशन : तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

कांग्रेस महाधिवेशन : तेह्रथुमका ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन


नेपाली कांग्रेस तेह्रथुमले ४३ वटै वडामा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६ वटा स्थानीय तहका ४३ वटा वडाम १ हजार ६८६ पदाधिकारी निर्वाचित भएका हुन् ।

अधिवेशनले गाउँपालिकाको वडाबाट ३७ जना गरी जम्मा ८८८ र प्रत्येक नगरपालिकाका वडाबाट ४२ जना गरी ७९८ जना चयन गरेको हो । 

त्यसमध्ये ६४५ जना क्षेत्रीय प्रतिनिधि बनेका छन् ४३ जना वडा सभापति चयन भएका छन् । क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले जिल्ला अधिवेशनमा भाग लिनेछन्  । ती ६८८ जनाबाट गाउँ, नगर, क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको जिल्ला अधिवेशनका सहायक निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए । 

Logo