११ असार २०७९ शनिबार
1
1
1
1

प्रदेश २ मा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बलियो (नामावलीसहित)

1
1
1
1

संसदको ठूलो दल नेकपा (एमाले) विभाजन भएपछि प्रदेश २ मा विभाजित भएर गएका नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बलियो देखिएको छ।

२१ सांसद भएकामा नेपाल पक्षमा १२ जना सांसद खुलेका छन्। बाँकी नौं जना मात्रै केपी ओली नेतृत्वको नेकपा एमालेमा रहेका छन्।

नेपाल पक्षमा आज मात्रै सांसदहरू सीता गुरुङ र सुन्दरबहादुर विश्वकर्मा खुलेका थिए। 

सांसद गुरुङले निर्वाचन आयोगमा गएर नेकपा (एस) को पक्षमा सनाखत गरेको केन्द्रविन्दुलाई बताइन्।

यसअघि सांसदहरू शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जु कुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्र राय यादव, हसिमा खातुन र मनोज सेन प्रसाद श्रीवास्तव नेकपा एकीकृतमा खुलिसकेका छन्।

उनीहरूले प्रदेश निर्वाचन आयोग जनकपुरधाम पुगेर सनाखत समेत गरिसकेको सांसद गुरुङले बताइन्।

यसरी २१ सांसदमध्ये १२ जना सांसदले सनाखत गरेपछि ओली नेतृत्वको एमाले भन्दा पनि नेकपा एकीकृत बलियो राजनीतिक शक्ति भएको छ।

हाल एमालेमा अनिता कुमारी (यादव), किशोरी साह (कोमल), जगतारेन देवी सुडिन, डिल्लीप्रसाद उप्रेती, डा. मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी यादव, सत्यनारायण मण्डल र त्रिलोक प्रसाद रहेका छन्।

प्रकाशित: २० भदौ २०७८ १५:३६ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी