मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने अवस्थामा छ : सुवास नेम्बाङ, उपनेता एमाले

मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने अवस्थामा छ : सुवास नेम्बाङ, उपनेता एमाले


एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने अवस्थामा रहेको बताएका छन्।

ढल्न सक्ने कारणले नै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार नगरेको तर्क गरे। उनले देउवा नेतृत्वको सरकारलाई ‘अचम्मको सरकार’ भनेका छन्।

‘सरकार विस्तार गर्दा यो सरकार नै पनि ढल्की कि भन्ने अवस्था छ’, काठमाडौंमा युवा संघले आज आयोजना गरेको कार्यक्रममा नेम्बाङले भने, ‘अचम्मको स्थितिमा सरकार छ, विस्तार गर्दै ढल्ने।’

पुनस्थापित संसद्ले काम गर्न नसकेको पनि बताए।

पहिले पनि काम गर्न नसक्ने स्थितिमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले बाध्यात्मक अवस्थामा विघटन गरेको उनको दाबी छ।

‘अहलिे संसद्ले काम गरिरहेको छैन, अध्यक्ष कमरेड केपी शर्मा ओलीले बारम्बार भन्नुभयो, यो सदनले काम गर्न सक्ने अवस्था छैन र उहाँले यही तर्कमा टेकेर संसद् विघटन गर्नुभयो तर, अदालतले पुनस्थापना गर्यो’, उनले भने, ‘तर, ५० दिन हुँदासम्म सरकार गठनसम्म हुन सकेको छैन।’

उपनेता नेम्बाङले अत्यावश्यक हुने परराष्ट्रमन्त्रीसमेत नियुक्त गर्न नसकेको बताए।
 

Logo