हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन कमल थापाकाे आग्रह

हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन कमल थापाकाे आग्रह


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र र राजसंस्था चाहने सबैलाई राप्रपामा आबद्ध हुन आग्रह गरेका छन्।

वर्तमान जसरी सबै छरिएर रहँदा यस्ता एजेन्डा कमजोर हुने उनको तर्क छ। सामाजिक सञ्जालमा थापाले सो कुरा उल्लेख गरेका छन्। साथै उनले अहिले हिन्दु राष्ट्र र राजसंस्थामा आस्था राख्नेहरु बढ्दै गएको पनि बताएका छन्।

उनले भनेका छन्, ‘६२/६३ मा हामी एक्लै थियौँ, लडदै भिडदै अघि बढ्यौँ। अहिले हिन्दुराष्ट्र र राजसंस्थामा आस्था राख्ने धेरै भएका छौँ। यो बिचार बोक्ने २३ दल निर्वाचन आयोगमा दर्ता छन्। छरिएर रहँदा एजेण्डा कमजोर हुन्छ। हिन्दुराष्ट्र र राजसंस्था चाहने सबै यो बिचारको मुलसंवाहक राप्रपामा एकजुट हुन आह्वान गर्दछु।’

Logo