दगुर्दै रोस्टममा पुगे अर्थमन्त्री शर्मा, तीन अध्यादेश पारित

दगुर्दै रोस्टममा पुगे अर्थमन्त्री शर्मा, तीन अध्यादेश पारित


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदमा नाराबाजी चलिरहेको बेलामा अर्थमन्त्री जनार्दन शर्मा दगुर्दै रोस्टममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् ।

प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् । 

त्यसअघि सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए ।

सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । 

त्यस्तै, प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफलमा यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधका बीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए ।

सुवालपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।

अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । 

तीन अध्यादेश पारित 

यसैगरी प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित गरिएको हो । 

 

Logo