केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै

केपी ओलीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुँदै


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले दायर गरेको तीन मुद्दा मध्ये दुई वटा मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेशसभा सदस्यहरु लगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै मुद्दा दायर गरेका थिए। 

जसमाथि सुनुवाइ गर्दै एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो। 

भदौ २२ मा सर्वोच्चले तीनवटै रिटमाथि तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुईवटा रिटमाथि भने छलफलका लागि दुवै पक्षलाई डाकेको बोलाएको थियो। 

Skip This
Logo