पौडेल पक्षले बोलायो आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक

पौडेल पक्षले बोलायो आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक


क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ।

आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बालाइएको हो। पौडेल पक्षीय केन्द्रीय सदस्य बद्री पाण्डेले पार्टीको महाधिवेशन र समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए।

कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा विवादकाबीच अधिवेशन भएको छ भने २० जिल्लाको सदस्यता विवाद कायमै छ। क्रियाशील सदस्यता विवादका कारण १८ भदौमा गर्ने भनिएको वडा अधिवेशन असोजसम्म सारिएको छ। ५६ जिल्लामा मात्रै वडा अधिवेशन भएको छ।

डडेलधुरामा विवादकैबीच प्रहरी, प्रशासन लगाएर वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध जनाएको थियो। महाधिवेशन निष्पक्ष हुनेमा शंका व्यक्त गर्दै आएको पौडेल पक्षले देउवालाई भेटेरै प्रहरी र प्रशासनको दुरुपयोग नगर्न ध्यानाकर्षणसमेत गराएको थियो। आजको बैठक पनि महाधिवेशन निष्पक्ष होस् भनेर खबरदारीका लागि भएको नेताहरूले बताएका छन्।न्युज कारखाना

Logo