सर्वदलीय बैठक निष्कर्षविहीन: एमालेलाई आफ्नो धारणा राख्न सुझाव

सर्वदलीय बैठक निष्कर्षविहीन: एमालेलाई आफ्नो धारणा राख्न सुझाव


सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको छ। 

सदनमा देखिएको अवरोध हटाउन सोमबार अपरान्ह बसेको सर्वदलीय बैठक निष्कर्षविहीन टुंगिएको हो। ‘आजको सर्वदलीय बैठक निष्कर्षविहीन भयो’, बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले भने। 

प्रमुख प्रतिपक्षी दल एमालेलाई सहभागी गराएर सर्वदलीय बैठक राख्न सभामुख सापकोटालाई बैठकमा सहभागी नेताहरूले सुझाव दिएका छन्। 

सोमबारको बैठक एमालेले बहिस्कार गरेको थियो। ‘प्रतिपक्षी दललाई सहभागी गराएर बैठक राख्न सुझाव दियौँ’, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले भनिन्। 

सदनको गतिरोध अन्त्य गर्ने विषयमा सभामुख सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक राखेका हुन्। बैठकमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका नेताहरू सहभागी थिए।न्युज कारखाना

Logo