लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित


लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ।

प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ। 

अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ।

Logo