म पार्टी सभापतिको रेसबाट पछि हट्दिन : प्रकाशमान सिंह

म पार्टी सभापतिको रेसबाट पछि हट्दिन : प्रकाशमान सिंह


नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिएका छन् । तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ ।

गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले उक्त अभिब्यक्ति दिएका हुन् ।

नेता सिंहले गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन् । गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाई भएको बताए । अब छिट्टै सरकारले पूर्णता पाउने उनको भनाइ थियो ।

नेता सिंहले पार्टीको १४औं महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ । न्युज कारखाना

Logo