पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न प्रदान

पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न प्रदान


राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेकी छन्।   

नेपाली कांग्रेसका संस्थापक एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाल रत्न प्रदान गरिएको छ। नेपालको सबैभन्दा ठूलो मान-पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रदान गरिने भएको हाे।

मन्त्रिपरिषदका पूर्वअध्यक्ष सूवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता  झलनाथ खनाललाई राष्ट्र गौरव पदवी प्रदान गरिएको छ। 

२९ भदौको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, स्वर्गीय तुलसीलाल अमात्य, स्वर्गीय मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, स्वर्गीय दुर्गानन्द झा र स्वर सम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यलाई महाउज्जवल राष्ट्रदीप प्रदान गरेकी छन्। 

सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व. पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने छ।

उज्ज्वल कृतिमय राष्ट्रदीप मान-पद्वी सर्वाेच्च अदातलतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाएका छन्। प्रसिद्ध प्रबल जनसेवाश्रीबाट ३९ जनालाई प्रदान गरिएकाे छ।न्युज कारखाना

Logo