एमाले भन्छः संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ

एमाले भन्छः संसदमा जबर्जस्ती गरियो, आन्दोलन जारी रहन्छ


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा अवरोध जारी राख्ने बताएको छ।

सत्तापक्षले एकतर्फी रूपमा बजेट पारित गरेको भन्दै असन्तुष्टी जनाएको एमालेले माग पुरा नभएसम्म अवरोध जारी रहने बताएको हो।

प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक पारित गरेपछि एमालेले प्रतिपक्षको आवाजलाई संसदमा दवाउन खोजिएका आरोप पनि लगाएको छ।

एमाले मुख्य सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली अलोकतान्त्रिक र संसदीय मर्यादाविपरित रहेको टिप्पणीसमेत गरेका छन्।

‘सभामुखले प्रवृत्ति नसच्याएसम्म र एमालेमाथि भएको अन्याय नहटेसम्म अवरोध जारी रहन्छ । संसदमा प्रस्तुत भएका विषयभन्दा पनि सभामुखको कार्यशैली र उहाँले एमालेप्रति गरेको विभेदका कारण हामी आन्दोलनमा छौं,’ भट्टराईले भने । 

उनले संसदको आठौं अधिवेशनमा विजनेश दिन नसक्ने सत्ता पक्षले अहिले एमालेले जनताको आवाज कुण्ठित गर्यो भनी आरोप लगाउनु हास्यास्पद रहेको जिकिर गरे।

‘संसदको आठौं अधिवेशन सम्झना दिलाउन चाहन्छु । साउन ३ देखि ३२ गतेसम्म २९ दिन उहाँहरुले संसदलाई बिजनेश दिनुभएन । त्यतिबेला सोध्नुपथ्र्यो, जनताको आवाज बन्द किन गरियो भनेर । अहिले एमालेले ५ पटक संसदमा अवरोध गर्दैमा जनताको आवाज कसरी बन्द हुन्छ ?’, भट्टराईले प्रश्न गरे ।

उनले सभामुखले एमाले सांसदमाथि कारवाहीको सूचना टाँस्ने वा मार्गप्रशस्त गर्नेमध्ये एक बाटो रोज्नुपर्ने बताए ।

संसदमा जबर्जस्ती गर्न खोजिएको भन्दै भट्टराईले निकास दिने जिम्मेवारी प्रतिपक्षको नभएर सत्तापक्ष र सभामुखको हुने बताए ।

 

Logo