बादलसँग चुनाव लड्न आफू नै काफी भएको सुदन किराँतीको गर्जन

बादलसँग चुनाव लड्न आफू नै काफी भएको सुदन किराँतीको गर्जन


भोजपुर १ बाट प्रतिनिधि सभा निर्वाचित सांसद सुदन किराँतीले रामबहादुर थापा (बादल) सँग चुनाव लड्नु परे आफू नै काफी भएको बताएका छन् ।

“प्रचण्डसँग चितवनमै गएर चुनाव लड्न सक्छु” भन्ने बादलको भनाइमा प्रतिक्रिया दिँदै किराँतीले केन्द्रविन्दुसँग भने “फिस्टो मार्न किन मेसिन गन प्रयोग गर्ने, गुलेली मटेङ्ग्रा नै काफी छ । प्रचण्डको त कल्पना नै नगरौँ, उस्तै अवस्था आयो भने उहाँसँगै मै चुनाव लड्न सक्छु । यहाँ सुदन किराँती भर्सेज बादल पनि हुन सक्छ ।”

उनले भने, “जसले सबैभन्दा बढी एमाले प्रवृत्ति र एमालेको संशोधनबादी नीतिको विरुद्धमा, जनताको बहुदलीय जनवादको विरुद्धमा विरोध गथे, तिनै व्यक्ति आज पद र प्रतिष्ठाका लागि, परिवर्तनका लागि गरिएको बलिदानलाई बिर्सिएर आज एमाले प्रवेश गरेका छन् । उसैले आज लाज पचाएर प्रचण्डसँग निर्वाचन लड्ने ?” 

उनले बादलमाथि व्यङ्ग्य गर्दै भने, “यो त कहाँकी इन्दिरा गान्धी, कहाँकी खड्गिनी भाउजू भनेजस्तो भयो । उहाँले प्रचण्डसँग चुनाव लड्ने कुरा कल्पना गर्ने मात्र हो ।”

यसअघि आजै मात्र प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले पार्टीको निर्णय भए प्रचण्डविरूद्ध चितवनमै गएर चुनाव लड्न सकिने उनले बताएका थिए । 
 

Logo