पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ: सभापति देउवा

पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ: सभापति देउवा


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकर्ताको पार्टीप्रतिको विश्वास र प्रतिवद्धताले कांग्रेसलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

आजदेखि सुरु भएको पार्टीको पालिका अधिवेशनमा शुभकामना सन्देश दिँदै यस्तो विश्वास व्यक्त गरेका हुन् । शुभकामना सन्देश दिँदै उनले भने “कोभिड–१९ को महामारीको समयमा स्वास्थ्य मापदण्डको पालना गरी अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु । तपाईँहरूको पार्टीप्रतिको विश्वास र प्रतिविद्धताले कांग्रेसलाई थप बलियो बनाउने छ ।”

उनले आफ्ना कार्यकर्ताहरूसँग जनताको मन जित्ने गरी नगर र गाउँपालिकामा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनेमा आफूले अपेक्षा गरेको बताएका छन् ।

Logo