एमालेलाई आगामी निर्वाचनपछि टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल

एमालेलाई आगामी निर्वाचनपछि टर्च बालेर खोज्नुपर्छ : अध्यक्ष नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको आरोप लगाए । आफ्नै अमंताकाे कारण सत्ताबाट बाहिरिएपछि गालीगलौजमा उत्रिएकाे दाबी गरे । 

ओलीले तानाशाही प्रवृत्ति देखाएकाले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने बताए । नेता नेपालले सुदुर पश्चिम, कर्णाली र प्रदेश २ मा नेकपा एमालेभन्दा आफ्नो पार्टी अगाडी रहेको भन्दै वाग्मती र प्रदेश १ मा छिट्टै गठबन्धनको सरकार बन्ने दाबी गरे । 

साथै पाँच दलको गठबन्धन सरकारले छिट्टै पूर्णता पाउने बताए । उनले सरकारले पूर्णता पाएपछि हामी पाँच दलको गठबन्धलाई अघि बढाउने उल्लेख गरे । गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने उनको भनाइ थियो । 

कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एस र जनमोर्चाको पाँच दलीय गठबन्धन वडा तहसम्म समन्वय र सहकार्य गरेर अगाडि बढ्ने उनकाे दाबी छ । 

 

Logo