ओखलढुङ्गाको सात पालिकामा निर्वाचन सम्पन्न, एकमा मतदान जारी

ओखलढुङ्गाको सात पालिकामा निर्वाचन सम्पन्न, एकमा मतदान जारी


ओखलढुङ्गा जिल्ला अन्तर्गत रहेका आठ वटा पालिका मध्य सात वटामा निर्वाचन सम्पन्न भएको ओखलढुङ्गा प्रमुख निर्वचन आयुक्त कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार जिल्लाको एक मात्र नगरपालिका, सिद्धिचरण नगरपालिकामा प्रेम गुरुङ निर्वाचित भएका छन् । गुरुङ आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई २४ मतले परिजित गर्दै १२२ मत सहित विजयी भएका हुन् । सिद्धिचरण नगरपालिकामा २२३ जना मतदाता रहेका थिए । 

त्यस्तै मोलुङ गाउँपालिकामा गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । १७८ मतदाता रहेको उक्त पालिकामा कार्कीले आफ्नो प्रतिद्वन्द्वीलाई  १५ मतले हराउँदै ९८ मत प्राप्त गरेका हुन् । मोलुङ गाउँपालिकामा सभापति देखि सह सचिव सम्मको चुनाव भएको हो भने सदस्यहरू सर्वसम्मत चयन भएका हुन् । 

यता चिशांखुगढि गाउँपालिकामा पनि सभापतिका लागि मात्र निर्वाचन भएको थियो । बाँकी पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । १३६ मतदाता रहेको पालिकामा सभापति थापाले ७० मत प्राप्त गरेका हुन् । उनले आफ्नो प्रतिद्वन्द्वीलाई  ७ मतले पराजित गरेका हुन् ।

लिखु गाउँपालिकामा कुमारराज सुवेदी, सुनकोसी गाउँपालिकामा विष्णु खड्का, सम्पादीगढि गाउँपालिकामा विष्णु पुलामी र खिजिदेम्वा गाउँपालिकामा राम सुनुवार सर्वसम्मत निर्वाचित भएको नेपाली कांग्रेसका प्रमुख निर्वाचन आयुक्त पौडेलले केन्द्रविन्दुलाई जानकारी दिए ।

त्यस्तै माने भन्ज्याङ गाउँपालिकामा निर्वचन भइरहेको छ । निर्वचन अयुक्त पौडेल निर्वचन स्थलमा अनुगमनकालागि निस्किएका छन् ।

निर्वाचन आयुक्त पौडेलले पार्टीको विधान विपरीत काम गर्ने तीन जनालाई कारबाही गरेसँगै उनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी टोली खटाइएको छ ।

Logo