क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि कांग्रेस पूर्वसांसद राजवंशी एमालेमा

क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि कांग्रेस पूर्वसांसद राजवंशी एमालेमा


कांग्रेसका नेता तथा दुई दुई पटक संविधानसभा सदस्य निर्वाचित भएका अमृतलाल राजवंशी नेकपा एमालेमा प्रवेश गरेका छन् । 

राजवंशी हालै झापाको विर्तामोड ४ बाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा पराजित भएका थिए । त्यो हार उनले पचाउन सकेनन् । अन्ततः सहयोगीसहित एमालेमा प्रवेश गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर राजवंशीले सहयोगीसहित पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेसका प्रभावशाली नेता राजवंशी झापाबाट पहिलो र दोस्रो संविधानसभा सदस्य भएका थिए । 

षड्यन्त्र गरेर सत्ता परिवर्तन गरिएको आफूलाई चित्त नबुझेर कांग्रेस छाडेको बताए पनि क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि उनले कांग्रेस छाडेको बताइएको छ ।

Logo