चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन


नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत यहाँका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । 

असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ ।
 
आइतबार राति सम्पन्न भरतपुर महानगरपालिकाको अधिवेशनले चित्रसेन अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको छ । यस्तै महानगरको उपसभापतिमा बुद्धिकान्त न्यौपाने र विजय घलेसचिवमा कृष्ण बगाले र प्रनिसा गुरुङ विजयी भएका छन् । 

रत्ननगर नगरपालिकाको कांग्रेस सभापतिमा प्रह्लाद सापकोटा विजयी भउका छन् । त्यस्तै, उपसभापति अपिल अधिकारी र कमला अधिकारी तथा सचिवमा अनिता अधिकारी र तीर्थराज सुवेदी, सहसचिवमा अमृत मल्ल र रामचन्द्र पौडेल विजयी भएका छन् ।

उता कालिका नगरपालिकाको कांग्रेस सभापतिमा दिपेश्वर केसी विजयी विजयी भएका छन् । केसीले आफ्ना निकटतम् प्रतिस्पर्धी लीलाबहादुर गुरुङलाई मात्र १० मत अन्तरले पराजित गरेका थिए । यस्तै उपसभापतिमा चेतबहादुर गुरुङ र जेएन महतो, सचिवमा राजन रेग्मी र फणिन्द्र लामिछाने, सहसचिवमा योजना न्यौपाने अधिकारी र विश्वास अर्याल विजयी भएका छन् ।

राप्ती नगरपालिकामा भएको कांग्रेस सभापतिको निर्वाचनमा देवेन्द्र लामा विजयी भएका छन् । उपसभापतिमा अनिता खरेल र कृष्णप्रसाद पाण्डे तथा सचिवमा राजकुमार सिलवाल र लक्ष्मी कँडेल, सहसचिवमा मनोज तामाङ र तारामाया प्रजा विजयी भएका छन् ।
 
खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ प्रतिस्पर्धी शशी खनियाँलाई पराजित गर्दै विजयी भएका छन् । 

माडी नगरपालिकामा पुनःकोमलनाथ भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । उपसभापतिमा गणेश पौडेल र मायाराम अधिकारी, सचिवमा अपिल अधिकारी र लोकनाथ लामिछाने, सहसचिवमा इन्द्र चापागाईं र दिक्षा भट्टराई विजयी भउका छन् ।
 
जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनाको सभापतिमा कृतिकुमार श्रेष्ठ, उपसभापतिमा देवलाल गुरुङ र दिपक खनाल, सचिवमा तुलबहादुर गुरुङ र हिरा गुरुङ, सहसचिवमा उत्तमकुमार गुरुङ र सुधीर अधिकारी निर्वाचत भएका छन् ।

जिल्लाका सातै पालिकामा मतदानद्वारा नेतृत्व चयन गरिएको हो । रासस
 

Skip This
Logo