प्रतिनिधिसभाको बैठक १४ असोजसम्म स्थगित

प्रतिनिधिसभाको बैठक १४ असोजसम्म स्थगित


प्रतिनिधिसभाको बैठक १४ असोज  सम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको तथा राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरिएको जानकारी दिएका हुन् ।

२२ भदौ देखि सुुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर सभामुख सापकोटाले आफ्नै ढंगले बैठक अघि बढाइरहेका छन् ।
 

Logo