सरकारले अझै पूर्णता नपाएकोमा निधिको असन्तुष्टि

सरकारले अझै पूर्णता नपाएकोमा निधिको असन्तुष्टि


नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई दवाव दिए । 

गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाएकोमा दुःख समेत व्यक्त गरे । 

उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको टिप्पणी गरे । 

सो कार्यक्रममा काँग्रेस नेता अर्जुननरसिंह केसीले हिँसालाई त्यागेर मात्रै गान्धीले देखाउनु भएको अहिंसाको बाटोमा अघि बढन सकिने स्पष्ट पारे ।

Logo