कांग्रेसको १४ औँ महाधिवेशनः मुस्ताङ जिल्ला सभापतिमा पूर्वमन्त्री थकाली

कांग्रेसको १४ औँ महाधिवेशनः मुस्ताङ जिल्ला सभापतिमा पूर्वमन्त्री थकाली


नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत हिमालपारिको जिल्ला मुस्ताङको जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको छ। 

मुस्ताङको जिल्ला सभापतिमा रोमी गौचन थकाली सर्वसम्मत चयन भएका हुन्। पूर्वमन्त्री एवं संविधानसभा सदस्यसमेत रहेका सभापति थकालीसहित २३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

शुक्रवार सुरु जिल्ला अधिवेशनले उपसभापतिमा विजय हिराचन, महिला उपसभापतिमा ढोका गुरुङ, सचिवमा विकल शेरचन, छेवाङ नर्वु गुरुङ, सहसचिव नम्डुल गुरुङ र सोमल हिराचन, कोषाध्यक्षमा गणेश शेरचन लगातका सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो।

Logo