एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न, संशोधनसहित विधान पारित

एमालेको पहिलो विधान महाधिवेशन सम्पन्न, संशोधनसहित विधान पारित


नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष, महासचिव र उपमहासचिवले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएका छन्।

तीन नेताले पेश गरेको प्रस्ताव सर्वसम्मत पास भएसँगै पहिलो विधान महाधिवेशन पनि सकिएको छ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र संगठन विभाग प्रमुख एवम् उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको हो।

राजनीतिक प्रतिवेदनमाथि अध्यक्ष ओलीले आफ्नो जवाफ दिएपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले तीनवटै प्रस्ताव पारित गर्न हललाई आग्रह गरेका थिए। 

हलले सर्वसम्मत रुपमा ती प्रस्ताव पास गरेको हो। त्यस्तै महाधिवेशनले एपको लञ्च गरेको छ भने, पार्टीको लोगो र झण्डा पनि परिर्वतन गरेको छ।

त्यस्तै हलले केन्द्रीय निर्वाचन आयोग गठन गर्नुका साथसाथै पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने निर्णयसमेत गरेको छ।

एमालेको पहिलो विधान महाधिवेशन असोज १५ देखि ललितपुरस्थत गोदावरी सनसाइन सम्मेलन केन्द्रमा सुरु भएको थियो। दोस्रो दिन १५ गते समूहगत छलफल भएको थियो भने आज तेस्रो दिन छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए।

Logo