मन्त्रीको नाम टुंगो लगाउन छलफलमा जुट्यो कांग्रेस

मन्त्रीको नाम टुंगो लगाउन छलफलमा जुट्यो कांग्रेस


नेपाली कांग्रेसबाट मन्त्री बन्ने नेताहरूको नाम टुंगो लगाउन कांग्रेसका शीर्ष नेता तथा पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । सोही छलफलबाट मन्त्रीहरूको नाम टुंगो लगाउने बताइएको छ ।

सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले मन्त्रालय बाँडफाँटको विषय टुंगो लगाइसकेको छ । आजको कांग्रेस बैठकले आफ्ना तर्फबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने छ ।

यस अघि कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, ज्ञानेन्द्रबहादुर कार्की (कानुन), बालकृष्ण खाँड (गृह), उमेश श्रेष्ठलाई (स्वास्थ्य राज्य) र डा नारायण खड्कालाई (परराष्ट्र) सरकारमा सहभागी भइसकेका छन् ।

Logo