प्रकाशशरण महत नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने

प्रकाशशरण महत नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने


सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ। 

सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको ३ सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो। 

भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको निमन्त्रणामा जान लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसियासमेत रहेका छन्। 

भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्याउने गरी आफूहरु भारत भ्रमण जान लागेको कांग्रेस महामहामन्त्री डा.महतले जानकारी दिए। 

नयाँ दिल्ली, लखनऊ र वनारसमा हुने छलफलले दुई देशबीचको एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्याउने उनले बताए।

Skip This
Logo