कांग्रेसमा पनि टुंगो लाग्यो चार मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय?

कांग्रेसमा पनि टुंगो लाग्यो चार मन्त्रीको नाम, कसलाई कुन मन्त्रालय?


नेपाली कांग्रेसबाट मन्त्रिपरिषदमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लागेको छ। 

कांग्रेस स्रोतका अनुसार पार्टीबाट मन्त्रिपरिषदमा थप ४ जना थपिने भएका छन्। जसमा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, उमा रेग्मी र उमाकान्त चौधरीको नाम टुंगो लागेको हो।

रिजालले रक्षा मन्त्रालय, बडुले कानुन, रेग्मीले महिला र चौधरीले खानेपानी मन्त्रीको जिम्मेवारी पाउने स्रोतको दाबी रहेको छ। 

त्यस्तै यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालय दिने तयारी रहेको छ।

कांग्रेसबाट यस अघि नै ज्ञानेन्द्रबहादुर काकी कानुन मन्त्री, बालकृष्ण खाण गृहमन्त्री, उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री र डा. नारायणप्रसाद खड्का परराष्ट्रमन्त्री रहेका छन्।

Logo