निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले उल्टो काम गरेको छः सुवास नेम्वाङ

निजामती सेवा विधेयक फिर्ता गरेर सरकारले उल्टो काम गरेको छः सुवास नेम्वाङ


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘निजामती सेवा विधेयक–०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ।

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदीय समितिमा समेत छलफल गरेर आएको सो विधेयक संसदबाट फिर्ता गरेर सरकारले साह्रै बेठिक र उल्टो काम गरेको प्रतिक्रिया दिएका हुन्। 

शुक्रबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याउने काम गरे आफ्नो पार्टीलाई मान्य नहुने चेतावनीसमेत दिए। 

उपनेता नेम्वाङले सरकारले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकेको पनि स्मरण गराए। तर सरकारले अध्यादेशको बाटो रोजेर निजामती सेवा विधेयक फिर्ता लिनु उपयुक्त नभएको उनको तर्क थियो।

Logo