यस्तो छ देउवा सरकारका २५ सदस्यहरूको पृष्ठभूमी (राजनीतिक योगदानसहित)

यस्तो छ देउवा सरकारका २५ सदस्यहरूको पृष्ठभूमी (राजनीतिक योगदानसहित)


प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ सरकारको ८८ दिनपछि देउवाले सरकारलाई पूर्णता दिएका हुन्। यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथसमेत गराइसकेकी छिन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

मन्त्रिमण्डलमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्रीसहित छ, नेकपा(एकीकृत समाजवादी)का तर्फबाट एक राज्यमन्त्रीसहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री छन्। पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ। नवगठित मन्त्रिपरिषदमा ६ जना महिला छन्।

हामीले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै मन्त्रिमण्डलका २५ सदस्यहरूको पृष्ठमूमीसहितको यो रिपोर्ट तयार पारेका छौँ ।

१. प्रधानमन्त्री, शेरबहादुर देउवा
शैक्षिक योग्यताः स्नातकोत्तर
निर्वाचन प्रणालीः प्रत्यक्ष (डडेलधुरा) (नेपाली कांग्रेस)
संसदीय यात्राः २०४८ को संसदीय निर्वाचन, मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा डडेलुधराबाट १ निर्वाचित । 
संविधानसभा निर्वाचन २०६४ मा डडेलधुरा १ बाट निर्वाचित । 
दोस्रो संविधानसभा २०७० मा डडेलुधरा १ बाट निर्वाचित । 
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डडेलधुराबाट निर्वाचित । 
कार्यकारी अवसरः प्रधानमन्त्री, २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँच पटक मुलुकको कार्यकारी प्रमुख । गृहमन्त्री, २०४८।
विकास तथा प्रविधि समिति सदस्य।

२. मन्त्री, बालकृष्ण खाण
मन्त्रालयः गृह मन्त्रालय
शैक्षिक योग्यताः स्नातक
निर्वाचन प्रणालीः समानुपातिक (नेपाली कांग्रेस)
संसदीय यात्राः २०४८ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित ।
संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा रूपन्देही ३ बाट निर्वाचित ।
संविधान निर्माणमा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कांग्रेसबाट समानुपातिक सदस्य । हाल कानुन, न्याय तथा मानव अधिकार समिति सदस्य।
कार्यकारी अवसरः शिक्षा तथा खेलकुद राज्यमन्त्री।
सिँचाइमन्त्री २०६६ ।
रक्षामन्त्री २०७३ साल।

३.मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की
मन्त्रालयः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
शैक्षिक योग्यताः एमए
निर्वाचन प्रणालीः प्रत्यक्ष (सुनसरी ४, नेपाली कांग्रेस)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सुनसरी ४ बाट निर्वाचित भई अर्थसमिति सदस्य ।
विशेष जिम्मेवारीः कानुनमन्त्री २०७८, जलस्रोत मन्त्री २०६३ तथा २०७४ मा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह।
हाल संघीय संसद्को संयुक्त समिति संसदीय सुनुवाइ समिति सदस्य।

४. मन्त्री, पम्फा भुसाल
मन्त्रालयः ऊर्जा जलस्रोत तथा सिंचाइ
शैक्षिक योग्यताः स्नातकोत्तर
निर्वाचन प्रणालीः प्रत्यक्ष (ललितपुर ३, नेकपा माओवादी केन्द्र)
संसदीय यात्राः संविधानसभा सदस्य निर्वाचन २०६४ ललितपुर ३ बाट निर्वाचित ।
संघीय संसद् प्रतिनिधसभा सदस्य निर्वाचन ०७४ मा ललितपुर ३ बाटै विजयी।
कार्यकारी भूमिकाः महिला बालबालिका तथा समाजकल्याण मन्त्री २०६४ ।
सामान्य प्रशासन मन्त्री २०६५ र शान्ति तथा पुनर्निर्माण मन्त्री २०६८।
हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य।

५.मन्त्री, राजेन्द्रप्रसाद श्रेष्ठ
मन्त्रालयः संघीय मामिला तथा सामान्य प्रशासन
शैक्षिक योग्यताः एमबीए
निर्वाचन प्रणालीः समानुपातिक (जनता समाजवादी पार्टी)
संसदीय यात्राः मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सदस्य ।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सदस्य ।
विशेष जिम्मेवारीः आवास तथा भौतिक योजनामन्त्री २०५५
हाल संयुक्त सदनको संसदीय सुनुवाइ समिति र प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य।

६. मन्त्री, विरोध खतिवडा
मन्त्रालयः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शैक्षिक योग्यताः स्नातक (कानुन)
निर्वाचन प्रणालीः प्रत्यक्ष (मकवानपुर २) प्रत्यक्ष (नेकपा एकीकृत समाजवादी पार्टी) 
संसदीय यात्राः प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८, २०५१ र २०५६ मा मकवानपुरबाट निर्वाचित ।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मकवानपुर २ बाट निर्वाचित । 
हाल सार्वजनिक लेखा समिति सदस्य।

७. मन्त्री, जनार्दन शर्मा
मन्त्रालयः अर्थ
शैक्षिक योग्यताः स्नातक
निर्वाचन प्रणालीः प्रत्यक्ष (रुकुम पश्चिम) नेकपा माओवादी केन्द्र
संसदीय यात्राः अन्तरिम व्यवस्थापिका सदस्य २०६३ ।
संविधानसभा २०६४ र २०७० मा सदस्य।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुकुम पश्चिमबाट निर्वाचित ।
हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य।

८. मन्त्री, डा.मीनेन्द्रप्रसाद रिजाल
मन्त्रालयः रक्षा
शैक्षिक योग्यताः विद्यावारिधि (अमेरिका न्यूयोर्क विश्वविद्यालय)
निर्वाचन प्रणालीः प्रत्यक्ष (मोरङ २) (नेपाली कांग्रेस)
संसदीय यात्राः संविधानसभा सदस्य २०७० । 
संविधान मस्यौदा समिति सदस्य । 
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा मोरङ २ बाट निर्वाचित । 
कार्यकारी भूमिकाः संघीय मामिला मन्त्री, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री, सूचना तथा सञ्चार मन्त्री
राजनीतिक नियुक्तिः तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख राजनीतिक सल्लाहकार (२०५३)
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको माओवादी लडाकु समायोजन विशेष समिति सदस्य 
(२०६५–२०७० सम्म)
हाल सार्वजनिक लेखा समिति सदस्य।

९. मन्त्री, उमाकान्त चौधरी
मन्त्रालयः खानेपानी
शैक्षिक योग्यताः एमएस्सी (वनस्पति शास्त्र)
निर्वाचन प्रणालीः प्रत्यक्ष (बारा १) (नेपाली कांग्रेस)
संसदीय यात्राः प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा बारा १ बाट निर्वाचित । संविधानसभा सदस्य निर्वाचन २०६४ मा बारा ५ बाट निर्वाचित । 
संविधानसभा र व्यवस्थापिका समितिमा रहेर जिम्मेवारी निर्वाह । 
संघीय संसद् प्रतिनिधिसभा सदस्य २०७४ मा बारा १ बाट विजयी । 
विशेष जिम्मेवारीः सहायक मन्त्री कृषि तथा सहकारी (२०५९) । स्वास्थ्य तथा जनसंख्या मन्त्री (२०६४)
हाल शिक्षा तथा स्वास्थ्य समिति सदस्य।

१०. मन्त्री, डा. नारायण खड्का
मन्त्रालयः परराष्ट्र मन्त्री
शैक्षिक योग्यताः विद्यावारिधि
निर्वाचन प्रणालीः प्रत्यक्ष (उदयपुर १, नेपाली कांग्रेस)
संसदीय यात्राः संविधानसभा सदस्य निर्वाचन २०६४ मा उदयपुर १ बाट निर्वाचित । संविधानसभा र संसद्का समितिमा रहेर जिम्मेवारी वहन ।
दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि उदयपुरबाटै निर्वाचित भई संविधान निर्माणको जिम्मेवारी वहन।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा उदयपुर १ बाट निर्वाचित ।
कार्यकारी जिम्मेवारीः सहरी विकास मन्त्री (२०७०)
राजनीतिक नियुक्तिः तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार २०५६।
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष २०५७ ।
हाल प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य।

११. मन्त्री, रेणु कुमारी यादव
मन्त्रालयः भौतिक पूर्वधार तथा यातायात 
शैक्षिक योग्यताः स्नातक
निर्वाचन प्रणालीः समानुपातिक (नेपाली कांग्रेस)
संसदीय यात्राः प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सप्तरीबाट राप्रपाका तर्फबाट निर्वाचित ।
संविधानसभा सदस्य निर्वाचन २०६४ मा सप्तरी ४ बाट फोरम नेपालबाट निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा संघीय समाजवादी पार्टीबाट समानुपातिक सांसद चयन । 
कार्यकारी भूमिकाः शिक्षामन्त्री २०६५ । 
महिला बालबालिका तथा समाज कल्याण र विज्ञान वातावरण राज्यमन्त्री २०६०।
हाल कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य।

१२. मन्त्री, प्रेमबहादुर आले
मन्त्रालयः संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
शैक्षिक योग्यताः प्रवीणता प्रमाणपत्र तह
निर्वाचन प्रणालीः प्रत्यक्ष (डोटी १) (नेकपा एकीकृत समाजवादी)
संसदीय यात्राः संविधानसभा सदस्य निर्वाचन २०७० मा डोटी २ बाट निर्वाचित । 
संघीय संसद प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा डोटीबाट प्रत्यक्ष निर्वाचित । 
कार्यकारी भूमिकाः वनमन्त्री २०७८। 
हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्य।

१३. मन्त्री, दिलेन्द्रप्रसाद बडू
मन्त्रालयः कानुन न्याय तथा संसदीय मामिला 
शैक्षिक योग्यताः एमए (भूगोल)
निर्वाचन प्रणालीः समानुपातिक (नेपाली कांग्रेस)
संसदीय यात्राः प्रतिनिधिसभा सदस्यमा २०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित । जनआन्दोलनपछि पुनःस्थापित संसदमा प्रतिनिधित्व । 
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित। 
विशेष जिम्मेवारीः २०४८–२०५१ मा आवास तथा भौतिक योजना सहायक मन्त्री। 
२०५६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री । 
सञ्चार र वन मन्त्रालयमा मन्त्रीको रूपमा जिम्मेवारी । 
नेपाल सरकारको प्रथम प्रवक्ता।
हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ।

१४. मन्त्री, देवेन्द्र पौडेल
मन्त्रालयः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
शैक्षिक योग्यताः स्नातकोत्तर (राजनीति शास्त्र)
निर्वाचन प्रणालीः प्रत्यक्ष (बागलुङ २) (नेकपा माओवादी केन्द्र) 
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बागलुङ २ बाट निर्वाचिन । 
हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य।

१५. मन्त्री, महिन्द्र राय यादव
मन्त्रालयः कृषि तथा पशुपन्छी विकास 
शैक्षिक योग्यताः एसएलसी
निर्वाचन प्रणालीः प्रत्यक्ष (सर्लाही २) (जसपा)
संसदीय यात्राः मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा एमालेबाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित ।
२०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित । 
दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही ४ बाट विजयी । 
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सर्लाही २ बाट निर्वाचित । हाल विकास तथा प्रविधि समिति सदस्य।

१६.मन्त्री, उमा रेग्मी
मन्त्रालयः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
ठेगानाः भरतपुर महानगरपालिका ५, चितवन
शैक्षिक योग्यताः स्नातकोत्तर
निर्वाचन प्रणालीः समानुपातिक (नेपाली कांग्रेस)
संसदीय यात्राः संसदीय निर्वाचन २०४८ मा पर्वत २ बाट प्रत्यक्ष निर्वाचित । पुनःस्थापित प्रतिनिधिसभा सदस्य ।
२०६४ मा समानुपातिक प्रणालीबाट संविधानसभा सदस्य ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा कांग्रेसका तर्फबाट समानुपातिक सदस्य ।
हाल अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य।

१७. मन्त्री, शशी श्रेष्ठ
मन्त्रालयः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
शैक्षिक योग्यताः स्नातक
निर्वाचन प्रणालीः समानुपातिक (नेकपा माओवादी केन्द्र)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित ।
कार्यकारी भूमिकाः २०६४ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
हाल प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समिति 

१८. मन्त्री, रामकुमारी झाँक्री
मन्त्रालयः शहरी विकास 
शैक्षिक योग्यताः स्नातकोत्तर (मानविकी) र स्नातक (कानुन)
निर्वाचन प्रणालीः समानुपातिक (नेकपा एकीकृत समाजवादी)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समानुपातिक प्रणालीबाट निर्वाचित । 
हाल अर्थ समिति सदस्य ।

१९. मन्त्री, गजेन्द्रबहादुर हमाल
मन्त्रालयः उद्योग वणिज्य तथा आपूर्ति
संसदीय यात्राः संसद् नरहेको, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित । प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र, कांग्रेस नेता 

२०. मन्त्री, रामसहायप्रसाद यादव
मन्त्रालयः वन तथा वातावरण मन्त्रालय
शैक्षिक योग्यताः बीएस्सी, बीएड (गणित)
निर्वाचन प्रणालीः प्रत्यक्ष (२०७४ बारा २, जसपा)
संसदीय यात्राः २०६४ मा संविधानसभा सदस्यमा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व ।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बारा २ बाट निर्वाचित ।
हाल राज्य व्यवस्था तथा सुशासन समिति ।

२१.मन्त्री, कृष्णकुमार श्रेष्ठ (किसन श्रेष्ठ)
मन्त्रालयः श्रम रोजगार तथा सामाजिक सुरक्षा
ठेगानाः व्यास नगरपालिका, ४ तनहुँ
शैक्षिक योग्यताः आइकम
निर्वाचन प्रणालीः प्रत्यक्ष (तनहुँ १) (नेकपा एकीकृत समाजवादी पार्टी)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नेकपा एमालेबाट तनहुँ १ बाट निर्वाचित ।
हाल उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सदस्य।

२२. मन्त्री, महेश्वर गहतराज (अथक) 
मन्त्रालयः युवा तथा खेलकुद 
शैक्षिक योग्यताः प्रवीणता प्रमाणपत्र तह
निर्वाचन प्रणालीः प्रत्यक्ष (बाँके १, नेकपा माओवादी केन्द्र)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा बाँके १ बाट निर्वाचित । २०७० को संविधानसभा निर्वाचनमा बाँकेबाट पराजित।
हाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य ।

२३. राज्यमन्त्री, उमेश श्रेष्ठ
मन्त्रालयः राज्यमन्त्री प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालय
ठेगानाः ललितपुर महानगरपालिका ३, ललितपुर
शैक्षिक योग्यताः स्नातकोत्तर
निर्वाचन प्रणालीः समानुपातिक (नेपाली कांग्रेस)
संसदीय यात्राः संविधानसभा सदस्य निर्वाचन २०७० मा कांग्रेसका तर्फबाट मनोनीत सदस्य भई संविधान निर्माणमा भूमिका खेलेको ।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा कांग्रेसकै तर्फबाट समानुपातिक सदस्यमा चयन ।
हाल शिक्षा तथा स्वास्थ्य समिति सदस्य र शिक्षा उपसमिति संयोजक ।

२४. राज्यमन्त्री, भवानीप्रसाद खापुङ
मन्त्रालयः स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री
शैक्षिक योग्यताः स्नातक
निर्वाचन प्रणालीः प्रत्यक्ष (तेह्रथुम) (नेकपा एकीकृत समाजवादी पार्टी)
संसदीय यात्राः संविधानसभा सदस्य निर्वाचन २०७० मा तेहथुम १ बाट निर्वाचित।
संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७० मा तेह्रथुमबाट निर्वाचित । हाल कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सदस्य ।

२५. राज्यमन्त्री, बोधमायाकुमारी यादव
मन्त्रालयः शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री
शैक्षिक योग्यताः स्नातक (नेपाली)
संसदीय यात्राः संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा तत्कालीन माओवादी केन्द्रका तर्फबाट समानुपातिक सदस्यमा निर्वाचित । 
हाल अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य ।

स्रोत: हाम्रा माननीय (पुस्तक)

Logo