वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिने


वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन्। आज हुने प्रदेश बैठकबाट उनले विश्वासकाे मत लिन लागेकी हुन्। जसका लागि उनले संसदमा यस अघि नै प्रश्ताव पेश गरिसकेकी छिन्। 

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा (८८) २ बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसदमा पेश गरेकी हुन्। 

उनले नेतृत्व गरेको दल एमाले विभाजन भएर उक्त दलका १२ सांसदले नेकपा एस रोजेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।
 
आज ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

Skip This
Logo