मुख्यमन्त्री शाक्यले लिइनन् विश्वासको मत, दसैँपछि मात्र लिने योजना

मुख्यमन्त्री शाक्यले लिइनन् विश्वासको मत, दसैँपछि मात्र लिने योजना


वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार विश्वासको मत लिने योजना रहे पनि दसैँपछि मात्रै लिने भएकी छन् । आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो । 

शाक्यलाई सोमबारसम्म विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । तर आज  संविधानको धारा १८८ को उपधारा २  अनुसार प्रस्ताव टेबुल गरेकी थिइन्। तर उनले दसैँ पछि मात्र विश्वासको मत लिने भएकी हुन् ।

Skip This
Logo