गण्डकीमा डोबाटे विश्वकर्मा पनि बने मन्त्री, आजै शपथ

गण्डकीमा डोबाटे विश्वकर्मा पनि बने मन्त्री, आजै शपथ


गण्डकी प्रदेशमा काँग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार बिहान सांसद विश्वकर्मालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाका अनुसार विश्वकर्मालाई मन्त्री नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालय पठाइसकिएको छ । कोइरालाका अनुसार डोबाटेक आजै साँझ पाँच बजे शपथ गर्नेछन् ।

स्मरण रहोस् ,यसअघि अन्तिममा उनको नाम हटाएर बिन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । यस प्रकरणले मुख्यमन्त्री पोखरेलले निकै आलोचना खेप्नु परेको थियो ।

Logo