सरकारलाई कटाक्ष गर्दै प्रदीप ज्ञवालीले भने,’सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र?’

सरकारलाई कटाक्ष गर्दै प्रदीप ज्ञवालीले भने,’सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र?’


एमाले नेता प्रदीप ज्ञवालीले अहिलेको गठबन्धन सरकारले जनतालाई कुनै राहत दिन नसकेको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो बताएका हुन्।

गठबन्धन सरकार बनेको सय दिन हुँदा पनि जनताले सरकार भएको अनुभूति गर्न नसकेको उनको भनाइ छ। यसअघि एमाले सरकारको आलोचना गरेर नथाक्नेहरु नै अहिले सरकारमा हुँदा झनै देशको अवस्था भद्रगोल बनेको उनको आरोप छ। ‘सदनमा एक जना माननीयले भन्नु भा’थ्यो-सरकार कसरी चलाउनु पर्छ, हामी देखाउने छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ठिकै भन्नु भा’ रैछ।’

अघिल्लो सरकारले गरेका निर्णय रद्द तथा मन्त्रिपरिषदमा न्यायलयलाई दिइएको भागबण्डालगायतमा उनले कटाक्ष गरे। ‘भूमि आयोग खारेजी, जयसिंह धामी बेपत्ता, १४ सय सडक आयोजना रद्द, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार अनि मोतीपुर गोली काण्ड ! सय दिनमै यति देखेपछि पछि बाँकी के नै रह्यो र ?’ उनले अगाडि लेखेका छन्।

वर्तमान सरकारको कार्यशैलीप्रति एमाले नेताहरुले चर्को आलोचना गर्दै आएका छन्। 

Skip This
Logo