सरकार आलोचना गर्न पनि लायक छैनः केपी ओली (भिडियाेसहित)

सरकार आलोचना गर्न पनि लायक छैनः केपी ओली (भिडियाेसहित)


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन्।

सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले चलाएको छ भनेर कसैले भन्न सक्ने स्थिति नरहेको दावीसमेत गरे। 

अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए। अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दावी थियो। अध्यक्ष ओलीले कांग्रेस आगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी भएपनि ऊसँग जनतामा जाने कुनै एजेन्डा नरहेको बताए। 

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनीसमेत दिए। उनले अदालतले जनताबाट विश्वास गुमाइसकेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गरे। 

अध्यक्ष ओलीले देशलाई बेहाल अवस्थाबाट जोगाउने गरी निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन्।

 

Logo