२० मंसिर २०७८ सोमबार

सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवन रक्षा गर्नमा केन्द्रीत: गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान सरकारको सय दिन संविधानको रक्षा र जनताको जीवनको रक्षा गर्नमा केन्द्रीत भएको बताएका छन्।

बुधवार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाणले विगतको सरकारले राज्य कब्जाको शैली गरेको र संविधान प्रतिकुलतामा उभिएको उल्लेख गर्दै वर्तमान सरकारले सय दिनमा संविधानको रक्षा र जनताको जीवनको रक्षामा केन्द्रीत भएको बताएका हुन्। 

सरकार देशलाई एकदलीय कब्जाबाट मुक्त गराएर संघीय लोकतान्त्रिक गणतन्त्रमा फर्काएर ल्याउने र जनादेशलाई अगाडि बढाउने क्रममा रहेको उनले बताए। 

गृहमन्त्री खाणले देशका विभिन्न ठाउँमा भएका डुबानका कारण किसानको धानबालीमा क्षति भएको तथ्यांक संकलन गरेर उनीहरुलाई राहत र सहयोग रकम उपलब्ध गराउने पनि बताए।

राजनीति

प्रकाशित: ३ कात्तिक २०७८ १८:५२ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी