बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने प्रधानमन्त्री देउवाको घोषणा

बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने प्रधानमन्त्री देउवाको घोषणा


प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो पीडितलाई तत्काल राहत दिने बताएका छन् ।

बाढी, पहिरोबाट क्षति भएको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्धार, राहत र बजेट व्यवस्थापन कार्यक्रम तत्काल अघि बढाइने बताएका हुन । उनले बेमौसमी वर्र्षात्ले सुदूरपश्चिमको अवस्था भयावह भएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले वर्षात्पछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरू ल्याउने आश्वासन समेत दिएका छन् ।

प्रधानमन्त्री देउवाले भने, ‘सुदूरपश्चिममा  अविरल वर्षाका कारण बाढी पहिरोले सबैभन्दा बढी क्षति भएको छ । यो अत्यन्तै दुखद कुरा हो, पहिरो आएको छ, बाढी आएको छ, धेरै मान्छेहरू मरेका छन् । सबै ठाउँमा बाढीले धेरै ठूलो क्षति गरेको छ । बझाङ, डोटी लगायत सबै ठाउँमा ठूलो नोक्सान भएको छ । खेतको धान बगेको छ । कुहिएको छ । अकल्पनीय क्षति भएको छ, बाटो छैन, बत्ती छैन, भयानक दुःख छ । हामी तत्काल दीर्घकालीन राहतको व्यवस्था गर्नेर्छौं ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले एमसीसी पास हुनुपर्ने आफ्नो अडान दोहोर्‍याएका छन् । एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानुन मातहत हुने भएकाले कुनै संसय गर्नु नपर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘एमसीसी पास हुन्छ, एमसीसीको सबैभन्दा झुटो प्रचार गरिएको छ । वर्ल्ड बैंक छ । एडीबी छ । अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ। मुद्दा लाग्छ । उनीहरूले नेपालको कानुन नै एमसीसी भन्दा माथि हुन्छ भनिसकेको छ, नेपालमा अनुदान आउनु राम्रो हो । सित्तैमा आउने पैसा हुँदैन । हुँदैन भन्छन् ।’

Logo