एमाले वडा अधिवेशन: तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै

एमाले वडा अधिवेशन: तेह्रथुमका ४३ मध्ये १७ वडामा शनिवार अधिवेशन हुँदै


तेह्रथुम जिल्लामा ४३ मध्ये १७ वटा वडाहरूमा नेकपा एमाले तेह्रथुमको वडा अधिवेशन शनिवार हुँदैछ  । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिवार वडा अधिवेशन हुन लागेको हो । जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकामा ५, छथर गाउँपालिकामा १, फेदाप गाउँपालिकामा ४,मेन्छ्यायेम गाउँपालिकामा ५ र आठराई गाउँपालिकामा २  वटा वडाहरूमा अधिवेशन भइरहेको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले जानकारी दिए । 

 

रिमालका अनुसार लालीगुराँस नगरपालिकाको कुनै पनि वडामा अधिवेशन आज नहुने भएको छ । त्यस्तै, यसअघि नै मेन्छ्यायेम गाउँपालिकाको १,३ र ४ मा अधिवेशन सम्पन्न भएको छ । शनिवार वडा नं ५ र ६ मा हुने तयारी भएको छ ।  शनिवारबाट सुरु भएको अधिवेशन  आगामी कात्तिक २४ गते सम्पन्न हुने  प्रचार विभाग प्रमुख रिमाले बताए । तेह्रथुमका पालिका अधिवेशन भने कार्तिक २७ बाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ । न्युज कारखाना

Skip This
Logo