एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास


नेकपा एमालेकाे दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन्। अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं। केहीमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ।’

निर्वाचन कमिटी कास्कीका अध्यक्ष टीकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया सुरु गरेको बताए। ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ। अहिले बन्दसत्र चलिरहेको छ,’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ। सर्वसम्मतको प्रयास गरिरहनु भएको छ।’

कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ। गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन्।

Skip This
Logo