एमाले वडा अधिवेशनः गोकुलगंगा ४ को अध्यक्षमा शिवसागर खड्का सर्वसम्मत चयन

एमाले वडा अधिवेशनः गोकुलगंगा ४ को अध्यक्षमा शिवसागर खड्का सर्वसम्मत चयन


नेपाल कम्युनिस्ट पार्टी एमाले गाेकुलगंगा गाउँपालिका वडा नम्बर ४ बेताली, रामेछापको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले सर्वसम्मत रुपमा शिवसागर खड्काको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी चयन गरेको छ।

पदाधिकारीहरुमा अध्यक्ष खड्का, उपाध्यक्षमा माेहनकुमार सुनुवार, सचिवमा विष्णु सुनुवार, उपसचिवमा सन्तोष थापा मगर र सुनमाया बि.क चयन भएका छन्। 

नेकपा एमाले भवन कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न सफल भएको हो। एमालेले देशैभरका वडाहरु तथा शाखाहरुमा एकसाथ शनिबार अधिवेशन सम्पन्न गरेको हो। तर, मतदानबाट नेतृत्व चयन गर्नु पर्ने स्थानमा अझै परिणाम आउने क्रम जारी रहेको छ।

Logo