एमाले पालिका अधिवेशन: यस्तो छ पाल्पाका सात स्थानीय तहका नेतृत्व

एमाले पालिका अधिवेशन: यस्तो छ पाल्पाका सात स्थानीय तहका नेतृत्व


नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ। दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहजनकरूपमा नेतृत्व पाएको हो। अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ। 

१. तानसेन नगर कमिटी 

अध्यक्ष- गुराँस आत्रेय

उपाध्यक्ष- शशी श्रेष्ठ

सचिव- महेशलाल शाक्यसहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ।

२. तिनाउ गाउँ कमिटी 

अध्यक्ष- प्रेम श्रेष्ठ 

उपाध्यक्ष- रोमबहादुर लम्तरी 

सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ। 

३. रम्भा गाउँ कमिटी 

अध्यक्ष- योगेन्द्र प्रसाद गैरे 

उपाध्यक्ष- उमानसिंह सारु 

सचिव- विजय रानाभाट 

४. रैनादेवि छहरा गाउँ कमिटी 

अध्यक्ष- राम प्रसाद ज्ञवाली 

उपाध्यक्ष- दान बहादुर थामी

सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ। 

५. रिब्दीकोट गाउँपालिका 

अध्यक्ष- आशिष विश्वकर्मा 

उपाध्यक्ष- भीम सारु

सचिव- दान बहादुर कुँवर 

६. बगनासकाली गाउँ कमिटी 

अध्यक्ष- हरि पाठक 

उपाध्यक्ष- सरस्वती चिदी 

सचिव- ओमप्रकाश गैरे 

७. माथागढी गाउँ कमिटी 

 अध्यक्ष- तेज घर्तीमगर 

सचिव शेर- बहादुर विक 

सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ। 

जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ। 

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले जानकारी दिए। जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए।

Logo