निर्वाचन आयोगले प्रदान गर्‍याे समाजवादीलाई चुनाव चिन्ह

निर्वाचन आयोगले प्रदान गर्‍याे समाजवादीलाई चुनाव चिन्ह


नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुईँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ । न्युज कारखाना

Logo